NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

टर्कीमा फेरि गयो शक्तिशाली भूकम्प

काठमाडौं । टर्कीमा सोमबार फेरि भूकम्प गएको छ । पछिल्लो भूकम्पमा तीन जनाको मृत्यु भएको छ भने ६८० भन्दा बढी घाइते भएका छन् ।

बिबिसीले ६.४ म्याग्निच्युडको भूकम्प गएको र यसको महसुस सिरिया र टर्की दुवै देशमा परेको जनाएको छ ।

टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८ः४४ मा भूकम्प गएको जनाएको छ ।

यो भूकम्प आएपछि दर्जनौं पटक परकम्प महसुस गरिएको थियो ।

यसअघि फेब्रुअरी ६ मा गएको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । राहत कार्यकर्ताहरू अझै पनि स्थिति सामान्यमा ल्याउन प्रयासरत छन्।

सोमबारको भूकम्पमा परी मृत्यु हुनेहरु अन्टाक्या, दाफ्ने र समन्दगीका बासिन्दा थिए ।

सरकारले जोखिमयुक्त भवनबाट बाहिर निस्कन सर्वसाधारणलाई अपिल गरेको छ ।

अन्टाक्याका मेयरले यस भूकम्पका कारण अझै केही व्यक्ति भग्नावशेषमा फसेको हुनसक्ने बताए ।

टर्की प्रशासनले फेब्रुअरी ६ मा गएको शक्तिशाली भूकम्पपछि ६ हजार परकम्पन महसुस गरेको जनाएको छ ।