NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

के–के कार्यक्रम हुँदैछन् उपत्यकामा आज ?

पेरिसडाँडामा माओवादी बैठक, तिब्बतियन क्याम्पमा दलाइको पूजा

काठमाडौं । काठमाडौं उपत्यकामा आज विभिन्न कार्यक्रमहरू हुँदैछन् । जसमा राजनीतिक, धार्मिक, सामाजिकलगायत छन् ।

प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्न ४ बजे बस्दैछ । राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

माओवादीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनानुपर्ने मत राख्दै आएको छ । आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको मनोनयन फागुन १३ गते हुन लागे पनि माओवादीले यसबारे ठोस निर्णय लिइसकेको छैन ।

तिब्बतियन क्यम्पमा नयाँ बर्सको उपलक्ष्यमा दलाई लामाको सुस्वास्थ्य र दीर्घायुसहितको पूजाआजा कार्यक्रम हुँदैछ ।

ॐकारशक्ती नेपालले धर्म रक्षाको निम्ति शान्तिपुर्ण त्रिशुल पदयात्रा बिहान ११ बजे पशुपतिस्थित गौशालाबाट सुरु गर्दैछ ।

हेर्नुहोस् आजको कार्यक्रम

१.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको स्थायी कमिटी दोस्रो पूर्ण बैठक बस्ने ।
स्थान :- नेकपा (एस) को कार्यालय, आलोकनगर ।
समय :- १०:०० बजे ।

२.सर्वोच्च अदालत बार एशोसिएशनले ४९ औं स्थापना दिवसको उपलक्ष्यमा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने ।
स्थान :- नेपाल बार एशोसिएशन प्राङ्गण, रामशाहपथ ।
समय :- १०:१५ बजे ।

३.ॐकारशक्ती नेपालले धर्म रक्षाको निम्ति शान्तिपुर्ण त्रिशुल पदयात्रा गर्ने ।
स्थान :- सुमार्गी भवन ( पशुपति ) गौशाला ।
समय :- ११:०० बजे ।

४.एम्नेस्टी नेपाललगायतका संस्थाहरू सामाजिक न्याय, समाजवाद र तहगत सरकार विषयक अन्तर्क्रियात्मक संवाद कार्यक्रम गर्ने ।
स्थान :- अल्फा हाउस, नयाँ बानेश्वर ।
समय :- १३:३० बजे ।

५.नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक बस्ने ।
स्थान :- पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वर ।
समय :- १६:०० बजे ।

६.हाम्रो राष्ट्र राष्टियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले फागुन २० गते देखि हुने जन बिद्रोह बारे छलफल तथा भेटघाट कार्यक्रम गर्ने ।
स्थान :- केन्द्रीय कार्यालय पेरिस डाँडा काेटेश्वर
समय :- ११:३० बजे ।

७. तिब्बतियन क्यम्पमा नयाँ बर्सको उपलक्ष्यमा दलाई लामाको शुश्वास्थ्या र दिर्घायुसहितको पुजाआजा कार्यक्रम हुने