माछापाेखरी घटना : बालाजु र सोह्रखुट्टेका डिएसपीलाई कारवाही सिफारिस

काठमाडौं । गत फगुन १ मा बालाजुस्थित माछापाेखरीमा भएकाे प्रदर्शन तथा लोत्से मलमा भएको चोरी प्रकरणमा समयमा कमाण्ड सम्हाल्न नसक्दा बालाजु र सोह्रखुट्टेका तत्कालिन डिएसपीलाई कारवाही सिफारिस गरिएको छ ।
घटनासम्बन्धी छानविन गर्न बनेको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको छ । समितिका एक सदस्यका अनुसार प्रहरी परिसर छेवैमा घटना हुँदा कमण्ड सम्हाल्न नसक्दा बालाजु प्रहरी परिसरका तत्कालिन डिएसपी रबिन विष्ट र सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमलाई कारवाहीको लागि सिफारिस गरिएको छ ।
डिआइजी मसाउद अलाम खाँको नेतृत्वमा गठन गरिएको समितिले घटनामा मुख्य कमजोरी दुई डिएसपी भएको औंल्याउँदै कारवाही सिफारिस गरेको हो ।
समितिमा उत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसरका काठमाडौंका एसपी रिताराम रिजालसहित पाँचजना थिए ।
त्यस्तै चोरीमा संलग्न ६१ जनालाई प्रहरीले पक्राउ गरिसकेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेका अभियुक्तलाई म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाइएको छ ।
ट्राफिक नियम उल्लंघनको जरिवाना रकमको विरोधमा आन्दोलमा उत्रिएका यातायात व्यवसायीले मलको सटरसमेत फोडेर लुटपाट मच्चाउनुसँगै आन्दोलनमा प्रहरी पोष्टसहि दुईवटा भ्यान जलाएका थिए ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया