हेराफेरी ३ मा अक्षयको ‘इन्ट्री’, सुरु भयो छायांकन
एजेन्सी । बलिउडको बहुप्रतिक्षित फिल्म ‘हेरा फेरी ३’ को छायांकन सुरू भएको छ ।
फिल्मका मुख्य पात्र अभिनेता अक्षय कुमारले यसअघि फिल्ममा काम नगर्ने समाचारले उदार भएका फ्यानहरू अब उनको ‘इन्ट्री’ ले उत्साहित बनेका छन् । अर्थात्, अक्षयलाई लिएर फिल्म छायांकनमा गइसकेको बलिउड सञ्चारमाध्यमले जनाएका छन् ।
यो फिल्ममा फेरि एकपटक अक्षय कुमार, परेश रावल र सुनिल शेट्टीलाई पर्दामा एकसाथ हेर्नका लागि दर्शकहरू प्रतिक्षामा छन् ।
निर्माण पक्षले चलचित्रको छायांकन सुरु गरिसकेको बताएको छ ।
हेराफेरीको यो भाग फरहाद सामजीले निर्देशन गर्नेछन् ।
केही महिनाअघि अक्षयले एक अन्तर्वार्तामा आफूलाई फिल्मको स्क्रिप्ट मन नपरेको बताएका थिए । यति हुँदाहुँदै पनि फ्यानहरूले उनलाई
हेराफेरी ३ साइन गर्न बारम्बार आग्रह गरिरहेका थिए ।
उनलाई हेराफेरी ३ मा फर्काउनका लागि सामाजिक सञ्जालमा पनि निकै ट्रेन्ड देखिएको थियो । त्यसपछि अक्षयलाई फिल्ममा रिप्लेस गरिएको
भनिएको छ । यद्यपी यसबारे आधिकारिक घोषणा भने भइसकेको छैन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया