NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सासंद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

ग्यास दुर्घटनाका क्रममा जलेर घाइते भएका नेता भण्डारी अहिले दोहोरो संवाद गरिरहेको तथा खाना पनि मुखबाट खुवाउन सुरु भइसकेको भारतमा रहेका त्रि चन्द्र कलेजका प्राध्यापक माधव न्यौपानेले जानकारी दिएका छन् ।

उनका अनुसार भण्डारीलाई भेन्टिलेटर हटाएर हाल नर्मल मास्कबाट न्युनरुपमा अक्सिजन दिइदै छ । उच्च इन्फेक्सन नहोस् भनेर भेटघाट गर्न भने भण्डारीलाई अस्पतालले नदिने प्राध्यापक न्यौपानेले बताएका छन् ।

‘भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्युनरुपमा अक्सिजन दिएको छ।हल्का ईन्फेक्सनको उपचार भईरहेको छ तर ज्वरो आएको छैन।उच्च ईन्फेक्सन नहोस भनेर भेटघाट गर्न अस्पताल ले दिदैन।अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन। सुन्निएको अनुहार घटेको छ।स्वास्थ्य सामान्य तर्फ गईरहेको छ।’ प्राध्यापक न्यौपाने भने ।

भण्डारीको बुद्धनगरस्थित निवासमा गत बिहीबार राति ग्यास सिलिन्डर दुर्घटना भएको थियो । दुर्घटनाले उनको श्वास नली, फोक्सो, टाउकोलगायत अंगमा क्षति पुगेको थियो । उक्त क्षेतिको उपचार सम्भव नभएको भन्दै चिकित्सकले उनलाई भारत लैजान सिफारिस गरेका थिए ।