NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

क्रिकेटर सन्दीपको भावुक स्टाटस : मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले जितेको छ

काठमाडौं । मंगलबार सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले हात पारेको क्रिकेटर सन्दीप लामिछानेले भावुक स्टाटस लेखेका छन् । मंगलबार भएको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको थियो ।

नेपालले खेल जितेसँगै लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका हुन् । आफूले खेलमार्फत देशलाई कति योगदान दिएँ/दिइँन थाहा नभएपनि देशले क्रिकेट जित हासिल गरेकोमा खुशी व्यक्त गरेका छन् । साथै उनले स्टाटसमार्फत सम्पूर्णमा धन्यावद समेत दिएका छन् ।

‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ । यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु’, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

नेपालले हालसम्म खेलेका २८ खेलमध्ये १२ मा जित तथा १४ खेलमा हार बेहोरेको छ । यस्तै स्कटल्याण्डले ३६ खेलमा ५० अङ्क जोड्दै शीर्षस्थान रहँदै लिग–२ टुङ्ग्याएको थियो । स्कटल्याण्ड लिग–२ को च्याम्पियनसमेत बनेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष