भारतीय प्रोफेसर एसडी मुनिको ट्वीटप्रति एमाले सांसद पन्तको आपत्ति
काठमाडौं । एमालेका सांसद रघुजी पन्तले नेपालको राष्ट्रपति को हुने भन्ने विषय विदेशीले सार्जजनिक गर्नु लाजमर्दो भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै पन्तले नेपालमा राष्ट्रपतिका लागि योग्य रहेको भनि विभिन्न व्यक्तित्वको नाम सार्वजनिक गरेकोमा आपत्ति जनाएका हुन् ।
सोमबार भारतीय वुद्धिजीवि एसडी मुनीले नेपालमा राष्ट्रपतिका लागि योग्य भनेर देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम ट्वीटरमा सार्वजनिक गरेका थिए ।
‘हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा भारतको एउटा पूर्वप्रोफेसरले हाम्रा पूर्वराजदूत, पूर्वसभामुख, पूर्वअर्थमन्त्री, मानवअधिकारवादी लगायत तीन चार जनाको नाम योग्य भनेर प्रस्तुत गर्छ । कस्तो दिन आयो ?’, उनले प्रश्न गरे ।
त्यस्तै उनले भारतीय विदेश सचिव नेपाल आउँदा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीलाई भेटेको भन्दै उनले विरोध जनाए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया