नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर विक्रीमा
काठमाडौं । नबिल बैंक लिमिटेडले ३ लाख कित्ता संस्थापक शेयर विक्री गरेको छ । कम्पनीले आजदेखि बिक्री गरेको उक्त संस्थापक सेयर इच्छुक विद्यमान संस्थापक शेयरधनी, अन्य व्यक्ति तथा संगठित संघसंस्थाहरूले बोलपत्र पेश गर्न सक्नेछन् ।
प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको यस शेयर खरीदका लागि फागुन २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न सक्नेछन् ।
सेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया