NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

श्वास गन्हाउने समस्याबाट यसरी छुटकारा पाउनुहोस्

एजेन्सी । दाँत र गिजाको समस्यापछि मानिसहरू उपचारको लागि दन्त चिकित्सककहाँ जाने तेस्रो ठूलो कारण श्वास गन्हाउनु हो । यसले धेरै व्यक्तिलाई समस्यामा पारेको हुन्छ ।

श्वासप्रश्वासको यो समस्यालाई चिकित्सकहरूले ‘हलिटोसिस’ नामले चिन्छन् । श्वास गन्हाउने समस्या भएका व्यक्तिमा धेरै रोग हुन सक्ने विज्ञ बताउँछन् । यसको प्रत्येक गन्धले विभिन्न रोगहरूको बारेमा बताउँछ। कतिपय व्यक्ति श्वास गन्हाउने समस्या कै कारण खुलेर बोल्न रुचाउँदैनन् त कोही मानछेको नजिक जान सक्दैनन् ।

श्वास गन्हाउने समस्या भएका व्यक्ति उपचारमा जानु भन्दा अधिकांश व्यक्ति माउथवाशको प्रयोगमा जोड दिन्छन् । उपचार गर्नुको सट्टा माउथवाशले श्वासको दुर्गन्ध लुकाएर बेवास्ता गर्नु घातक साबित हुन सक्छ । यसले तपाइको आन्तरिक स्वास्थ्यको अवस्था बताइरहेको हुन्छ । यस्तो समस्या भएका व्यत्तिm कलेजो तथा मृगौलासम्बनधी रोगको सिकारसमेत हुन सक्छन् ।

श्वास गन्हाउनुको कारण के हो ?
श्वास गन्हाउनुका कयौं कारणमध्ये ८० देखि ९० प्रतिशतमा भने मुख्य कारण मुख सफा नराख्नु हो । मुखको हेरचार र मुख स्वास्थ्यमा हेलचक्क्राइ हुँदा धेरैमा यस्तो समस्या उत्पन्न हुन्छ । यसैगरी कुनै गम्भीर रोग लागेमा पनि यो समस्या देखिन्छ ।

दिल्लीका प्रोस्टोडोन्टिस्ट डा रविन्द्र दाँतमा खाना अड्किने, गिजाको रोग, लारको कमी र दाँत र जिब्रोलाई राम्ररी सफा नगर्दा मुख स्वास्थ्य बिग्रिने बताउँछन्। जसका कारण सल्फरको मात्रा बढेर मुखमा खराब ब्याक्टेरिया बढ्छ । जुन कडा गन्धको कारण हो। तीव्र गन्ध भएको मसला, लसुन, प्याज पचेपछि रक्तनलीमार्फत फोक्सोमा पुग्छ, जसका कारण सास गन्हाउने समस्या हुने उनी बताउँछन ।

कसरी छुटकारा पाउने ?
श्वास गन्हाउने समस्याबाट छुटकारा पाउन एक मात्र उपाय मुख स्वस्थ राख्नु हो । यसका लागि खानेकुरादेखि मुखको सरसफाइमा ध्यान दिन जरुरी छ । हरियो सागसब्जी, फलफूल जस्ता स्वस्थ खानेकुराले मुख स्वस्थ राख्छ । माउथवाशको पनि प्रयोग गर्न सकिन्छ ।

माउथवासले मुखमा सास गन्हाउने ब्याक्टेरियाको संख्या कम गर्छ जसले यसबाट राहत मिल्छ । बजारको माउथवास प्रयोग नगरी घरमै प्राकृतिक माउथवाससमेत प्रयोग गर्न सकिन्छ । यसले बजारमा पाइने भन्दा बढी लाभ दिन्छ ।

कसरी बनाउने घरमै माउथवास ?

एक गिलास पानीमा एक चम्चा घिउकुमारीको रस मिसाएर दाँत माझेपछि कुल्ला गर्न सकिन्छ । घिउकुमारीमा ब्याक्टेरियासँग लड्ने क्षमता हुन्छ । त्यस्तै मनतातो पानीमा एक चम्चा नुन मिसाएर पनि कुल्ला गर्न सकिन्छ । घरेलु माउथवासमा प्राकृतिक गुण हुन्छन् जसले तपाइको मुखलाई कुनै पनि बेफाइदाबिना स्वस्थ राख्छ । नरिवलको तेल पनि माउथवासको लागि प्रयोग गर्न सकिन्छ । एक चम्चा नरिवलको तेल मुखमा राखेर एकछिन कुल्ला गर्दा यसले पनि मुखमा भएका ब्याक्टेरिया मार्छ ।