७ महिनामा यात्रुलाई जोखिमपुर्ण यात्रा गराउने २१ हजार चालक ट्राफिक प्रहरीको कारबाहीमा
काठमाडाैं । सवारी साधनमा यात्रुलाई जोखिमपुर्ण यात्रा गराउने २१ हजार ५०८ जना चालकलाई काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ । यस आर्थिक वर्षको माघ मसान्तसम्म ढोका खुल्ला राखेर सवारी गुडाँउदै गरेका मात्रै १५ हजार ६२९ जना चालकहरू कारबाहीमा परेका छन् ।
जसमा साउन महिनामा २ हजार ६८३, भदौमा २ हजार ८७३, असोजमा ७ सय ४९, कार्तिकमा १ हजार ८२६, मंसिरमा २ हजार ८२६, पुसमा २ हजार ७३४ र माघ महिनामा १ हजार ९३८ जना चालक रहेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले ‘ढोका खुल्ला राखेर सवारी साधन गुडाउँदा परिचालक तथा यात्रु ढोकाबाट खसेर दुर्घटना हुने भएकाले जोखिम न्यूनीकरणका लागि कारबाहीलाई तिव्रता दिइएको’ बताए ।
यस्तै, क्षमता भन्दा बढि यात्रु राखेर सवारी चलाउँदै गरेका ५ हजार ८०२ जना चालकलाई पनि कारबाही गरिएको छ । साउन महिनामा ७ सय ९, भदौमा १ हजार ३४, असोजमा ७ सय ४९, कार्तिकमा ७ सय ५९, मसिरमा ७ सय ५९, पुसमा १ हजार ११ र माघ महिनामा ७ सय ८१ जना चालकलाई कारबाही गरिएको हो ।
त्यस्तै ७७ ओटा टेम्पो चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । टेम्पोको पछाडि यात्रुलाई झुण्ड्याएर यात्रा गराएको पाइएपछी उनिहरूलाई कारबाही गरिएको हो ।
क्षमता भन्दा बढी यात्रु राख्दा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहने हुँदा क्षमता भन्दा बढी यात्रु नराख्न यतायात व्यवसायीलाई र सवारी साधनमा कोचिएर तथा झुण्डीएर यात्रा नगर्न यात्रुलाई प्रवक्ता भट्टले अनुरोध गरेका छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा सवारीमा बस्ने वा राख्ने मानिस तथा मालसामानको हद निर्धारण गरिएकोमा सो हद भन्दाबढी राखेर सवारी साधन चलाएमा र लापरवाहीका साथ सवारी साधन चलाएमा यातायात निरीक्षक तथा प्रहरीले तत्काल १५ सय रुपैँयासम्म जरिवाना गर्ने सक्ने व्यवस्था रहेको पनि उनले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया