आत्मनिर्भर लघुवित्तकाे आइपिओ निष्काशन
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेकोे हो ।
कम्पनीले आफ्नो जारी पुँजी छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशतअर्थात् दुई करोड तीन लाख ३८ हजार बराबरको प्रतिसेयर एक सय दरका दुई लाख तीन हजार तीन सय ८० कित्ता सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो ।
जसमध्ये २० हजार तीन सय ३८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको र तीन हजार एक सय १७ कित्ता सेयर कर्मचारी तथा १० हजार एक सय ७० कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको एक लाख ६९ हजार सात सय ५५ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको छ ।
निष्कासित सेयरमा लगानीकर्ताले यही फागुन १५ गतेभित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासेयरसम्मको आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो सेयर’ मार्फत सेयर खरिदको आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया