फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
सिंहदरबारमा आज सम्पन्न भेटमा आसन्न राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच भइरहेको छलफलका विषयमा कुराकानी भएको जनाइएको छ । छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले दलबीचको छलफल जारी रहेको र यही फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने जानकारी दिए ।
उनले भने, ‘अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन ।’ भेटवार्तामा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि सहभागिता थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया