NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

नयाँ कपडा किन्दा कपडासँगै ‘स्याम्पल पिस’ पनि किन पाउनुहुन्छ ? कसरी गर्ने यसको प्रयोग ?

हामी सबैलाई सपिङ गर्न मन पर्छ । पुरूषहरूभन्दा महिलाहरू अझ बढी सपिङमा रूची राख्छन् । उनीहरू बजारमा चलेका नयाँ-नयाँ ब्राण्डका कपडादेखि मेकअपका सामान किनिरहन्छन् । कति जना त सपिङको सोखिन नै हुन्छन् । उनीहरू सपिङ गर्दा उत्साहित महसुस गर्छन् ।

बजारमा नयाँ कपडा किन्दा विशेषगरी मलमा तपाईँले कपडासँगै कपडाको ‘स्याम्पल पिस’ पक्कै पाउनु भएको छ होला । तर तपाईँले कहिल्यै सोच्नुभएको छ, नयाँ कपडाको साथ त्यही कपडाको ‘स्याम्पल पिस’ किन दिइन्छ ? सायद धेरैले उक्त नमुना कपडालाई वेवास्ता गरेर त्यतिकै फ्याँकिदिएको पनि हुन सक्छ । अझ कतिजनाले त नयाँ कपडा कतैबाट च्याते वा बिग्रियो भने त्यही ठाउँमा त्यही ‘स्याम्पल पिस’ वाला कपडा सिलाउन सकिन्छ भनेर सोच्दै हुनुहुन्छ पनि होला । तर तपाई गलत सोच्दै हुनुहुन्छ । कसैले यो कपडा त्यतिकै दिएको होला भनेर सोच्दै हुनुहुन्छ पनि होला ।

यो ‘स्याम्पल पिस’ तपालाई बिनाअर्थ दिएको भने पक्कै हैन । यो कपडाले तपाइँको नयाँ लुगालाई नयाँ जस्तै देखाइराख्न  धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। आउनुहोस्, जानौं कसरी।

वास्तवमा ‘स्याम्पल पिस’ तपाइँको नयाँ लुगाको सुरक्षाको लागी हो । हामीलाई पक्कै थाहा हुनुपर्छ कपडा धुनको लागि विभिन्न ब्राण्डका साबुन र सर्फहरू बजारमा पाइन्छन् । सबै कपडा सफाई गर्ने ती उत्पादन सबै कपडाको लागि भने पक्कै हैनन् । कपडाअनुसारको साबुन र सर्फ प्रयोग गरिएन भने कपडा बिग्रिन्छ । त्यसैले कपडाअनुसार साबुन, सर्फ प्रयोग गर्नुपर्छ भनेर बुझ्नु जरूरी हुन्छ ।

मानौं, तपाईंले आफ्नो नयाँ लुगा घरमा ल्याउनुभयो र एक वा दुई पटक लगाएपछि धुन राख्नुभयो । तर धुनेबेलामा कुन सर्फ वा साबुन प्रयोग गर्ने भनेर तपाईंले नबुझिकनै धुनुभयो भने तपाईंको कपडा सफा हुनुको साट्टोमा बिग्रन सक्छ, अर्थात रङ जाने फिक्का हुन थाल्छ ।

त्यसैले यसबाट बच्नको लागि त्यही ‘स्याम्पल पिस’ ले महत्वपूर्ण भूमिका खेल्छ ।

कसरी गर्ने प्रयोग ?

नयाँ कपडा लगाएर धुनुभन्दा अघि त्यही ‘स्याम्पल पिस’ कपडामा साबुन वा सर्फ प्रयोग गरेर धुनुहोस् । यदि त्यो साबुन वा सर्फले त्यो स्याम्पल पिस कपडालाई असर गरिरहेको छैन भने, बुझ्नुहोस् कि तपाईंले आफ्नो नयाँ कपडामा त्यो साबुन, सर्फ प्रयोग गर्न सक्नुहुन्छ ।

अर्कोतर्फ, यदि तपाईँले प्रयोग गर्नुभएको साबुन, सर्फले स्याम्पल कपडा बिग्रेको छ भने त्यो कपडाको लागि त्यो साबुन वा सर्फ उपयुक्त छैन भनेर बुझ्नुहोस् । (एजेन्सीको सहयोगमा)