NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

माओवादीसँगको गठबन्धन टुट्न लागेको ओलीको संकेत

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तागठबन्धन टुट्न लागेको संकेत गरेका छन् । सरकारले १ फागुनको ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा मनाएकोमा असन्तुष्टि सार्वजनिक गरेर ओलीले यस्तो संकेत गरेका हुन् ।

आफ्नो ७२ औँ जन्मदिनको अवसरमा बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले १ फागुन जनयुद्ध दिवस नभएर हिंसा दिवस भएको बताए । यस्तो दिनलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेर गल्ती गरेको उनको भनाइ छ । ‘सरकारको यो निर्णयले मुलुकमा अझै पनि हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको उल्लेख गरे ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै ओलीले हिंसाको बाटो छोडेर शान्तिप्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नुपर्‍यो भन्दै प्रश्न गरे ।