एनआईसी एशियाबाट के गर्न कति कर्जा पाइन्छ ?
‘लगानीले रोकिएका कुरा, एनआईसी एशियाले गर्छ पूरा’

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा हरफ छ– उद्देश्य के लिनु, उडी चन्द्र छुनु एक । जीवनमा उच्च महत्त्वकांक्षा राख्नुपर्छ र यसो गरेमा मात्र सफल भइन्छ भन्ने यो हरफको सार हो ।
तपाईं, हामीमध्ये धेरैले प्रगति पथमा लम्किने सपना बुनेका हुन्छौं । र, त्यही सपनाअनुसार उद्देश्यको गोरेटो तय गर्छौं । तर कतिपय सपनालाई मूर्त रूप दिन लगानी तगारो बनिदिन्छ । व्यवसाय सञ्चालन गर्न, घर बनाउन, उच्च शिक्षाका लागि विदेश जान होस् या गाडी चढ्न, कमजोर आए भएका तपाईं हामी हच्किन्छौं ।
लगानीकै कारण सपनाहरूको अवशान हुने परिस्थिति कसैले पनि झेल्नु नपरोस् भन्ने हेतुले एनआईसी एशिया बैंकले समयसापेक्ष कर्जा योजनाहरू ल्याएको छ । उसको नारा नै छ— ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ । बैंकका अनुसार, लगानीले रोकिएका पाइला अघि बढाउन ग्राहकहरूको आवश्यकता र मागलाई मध्यनजर गरेर सुलभ ब्याजदरमा विभिन्न किसिमका कर्जा योजना सञ्चालन भइरहेका छन् ।
शैक्षिक कर्जा
स्वदेश वा विदेशमा उच्च शिक्षा (कक्षा १२ भन्दा माथि) हासिल गरिरहेका वा गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि आवश्यक वित्तीय सहयोग प्रदान गर्न बैंकले धितोमा आधारित रहेर सञ्चालन गरेको विशेष कर्जा ‘एनआईसी एशिया शैक्षिक कर्जा’ हो ।
न्यूनतम १८ वर्ष र अधिकतम ७० वर्ष उमेर समूहका नागरिकले यो कर्जा सुविधा लिन सक्छन् । यसअन्तर्गत ३ लाख रूपैयाँदेखि १ करोड रूपैयाँसम्म कर्जा प्रवाह हुने बैंकले जनाएको छ । न्यूनतम १ वर्ष र अधिकतम १५ वर्ष अवधिका लागि यो कर्जा लिन सकिन्छ । यो कर्जाको ब्याजदर १५.९९ प्रतिशत छ ।
व्यक्तिगत कर्जा
सरकारी तथा गैरसरकारी संस्थामा आबद्ध तलब सुविधा प्राप्त गर्ने कर्मचारीको वित्तीय आवश्यकता पूरा गर्न बैंकले व्यक्तिगत कर्जा योजना सञ्चालनमा ल्याएको छ । उल्लेखनीय कुरा के भने यो कर्जाका लागि धितो चाहिँदैन ।
यो ५ वर्षसम्मको आवधिक कर्जा सुविधा हो । यो कर्जा सुविधा २३ वर्ष उमेर पुगेका र ५८ वर्षसम्मका तलबी कर्मचारीले लिन सक्छन् । व्यक्तिगतअन्तर्गत सेवाग्राहीले ५ वर्ष अवधिको लागि १५.९९ प्रतिशत ब्याजदरमा एनआईसी एशिया व्यक्तिगत कर्जा लिन पाउँछन् ।
सवारीसाधन कर्जा
तपाईं गाडी खरिद गर्ने सोचमा हुनुहुन्छ र रकम अपुग भएर उपायहीन अवस्थामा हुनुहुन्छ ? यदि त्यसो हो भने यसमा तपाईंलाई एनआईसी एसिया बैंकले सहायता प्रदान गर्नेछ । बैंकले यस्ता सेवाग्राहीलाई लक्षित गरेर ‘एनआईसी एशिया सवारीसाधन कर्जा’ योजना सञ्चाल गरिरहेको छ । गाडी चढ्ने रुचि भएका तर हातमा पैसा नहुँदा सकसमा परेका सेवाग्राहीले यो योजनाबाट आफ्नो इच्छा पूरा गर्न सक्छन् । तर यो सुविधा रातो नम्बर प्लेट भएका निजी सवारी साधन खरिद गर्न मात्र पाइन्छ ।
यो अधिकतम १५ वर्षको आवधिक कर्जा हो । बैंकका अनुसार, सेवाग्राहीले १५.९९ प्रतिशत ब्याजदरमा यो कर्जा लिन सक्छन् । सवारीसाधन कर्जाअन्तर्गत पेट्रोल/डिजेल सवारीसाधनको लागि भ्याट बिलको ५० प्रतिशतसम्म र विद्युतीय सवारीसाधनको लागि भ्याट बिलको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकले जनाएको छ । यो योजनाअन्तर्गत न्यूनतम ५ लाखदेखि अधिकतम २ करोड रूपैयाँसम्म कर्जा लिन सकिन्छ ।
धितो सम्पत्तिबापत कर्जा
घर निर्माण तथा पुनर्निर्माणका लागि बैंकले ‘धितो सम्पत्तिबापत कर्जा’ सुविधा उपलब्ध गराउँदै आएको छ ।
बैंकका अनुसार, यो योजनाअन्तर्गत सेवाग्राहीले न्यूनतम ४ लाखदेखि ८ करोड रूपैयाँसम्म ऋण प्राप्त गर्न सक्छन् । यसका लागि उमेर भने २१ वर्ष पूरा भएर ८० वर्ष ननाघेको हुनुपर्छ ।
कर्मचारी ओभर ड्राप्ट कर्जा
कर्मचारीहरूमा उद्यमशीलताको विकास गर्न सहयोग पु-याउने उद्देश्यले एनआईसीले ‘एनआईसी एशिया कर्मचारी ओभरड्राप्ट कर्जा’ योजना पनि सञ्चालन गरिरहेको छ ।
यस योजनाअन्तर्गत सेवाग्राहीले न्यूनतम २ लाख रूपैयाँदेखि अधिकतम १० लाख रूपैयाँसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
व्यावसायिक कृषि तथा पशुपालन कर्जा
युवाहरूलाई व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित गर्न सञ्चालन गरिएको कर्जा योजना हो— व्यावसायिक कृषि तथा पशुपालन कर्जा ।
यो अनुदानमा आधारित व्यवसायको वित्तीय आवश्यकता पूरा गर्ने कर्जा सुविधा हो । नयाँ र स्थापित दुवै व्यवसायीले यो कर्जा सुविधा लिन सक्छन् ।
यो योजनाअन्तर्गत सेवाग्राहीले अधिकतम ५ वर्षका लागि १० करोड रूपैयाँसम्म ऋण लिन सक्छन् ।
वञ्चित क्षेत्र कर्जा
सोझै कर्जा आवश्यक भएका व्यक्तिलाई (डाइरेक्ट फाइनान्सिङ) अनुदानमा आधारित कर्जा र लघुवित्तका क्षेत्रमा क्रियाशील वित्तीय संस्थाहरूलाई होलसेलमा कर्जाको माध्यमबाट एनआईसी एशियाले ‘वञ्चित क्षेत्र कर्जा’ उपलब्ध गराउँदै आएको छ । बैंकका अनुसार, यो कर्जा सुविधा लिन देशभरका शाखा कार्यालयहरूबाट सजिलै लिन सकिन्छ ।
‘वञ्चित क्षेत्र कर्जा’ अन्तर्गत व्यावसायिक कृषि तथा पशुपालन कर्जामा १० लाख रूपैयाँ, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रूपैयाँ, सहुलियत महिला उद्यमशील कर्जा सुविधा १५ लाख रूपैयाँसम्मको प्रदान गरिने बैंकले जनाएको छ ।
त्यसैगरी, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख, उच्च र पारिवारिक तथा व्यावसायिक शिक्षा कर्जा ५ लाख र भूकम्पपीडितहरूको निजी आवास निर्माण कर्जामा ३ लाख रूपैयाँसम्मको ऋण सुविधा उपयोग गर्न सक्नेछन् ।
सेयर धितो कर्जा
सेयर बजारमा लगानी गर्न चाहने पुँजी नभएका सेवाग्राहीलाई लक्षित गरेर एनआईसीले सेयर धितो कर्जा योजना सञ्चालन गरिरहेको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनी र अन्य विभिन्न कम्पनीहरूको सेयर खरिदका लागि ग्राहकले सेयर धितो कर्जा लिन सक्नेछन् ।
बैंकका अनुसार सेयर धितो कर्जाअन्तर्गत १० लाख रूपैयाँदेखि ४० लाख रूपैयाँसम्म ऋण प्रवाह हुने गरेको छ ।
प्रतिक्रिया