बालुवाटारमा पुरानो गठबन्धनको बैठक : जुटेन कुनै सहमति

काठमाडौं । पुरानो गठबन्धन ब्युँताउन बसेको कांग्रेस, माओवादीसहित चार दलको बैठक साँझ पुनः बस्नेगरी सकिएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जसपाको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न पुनः प्रस्ताव गरेका थिए ।
माओवादी केन्द्र, नेकपा एस र जसपाका नेताहरूले राष्ट्रिय सहमतिको आधारमा साझा उम्मेदवार चयन गर्नुपर्ने अडान लिएका थिए । करिब तीन घण्टा चलेको छलफलमा राष्ट्रपतिको सम्बन्धमा कुनै सहमति नभएको कांग्रेसका महामन्त्री गगन थापाले बताए ।
‘चार दलको बैठकमा राष्ट्रपतिको निर्वाचनबारे छलफल भयो । अपरान्ह ५ बजे फेरि बैठक बस्छ। त्यो बैठकले राष्ट्रपतिको उम्मेदवार तय गर्छ,’ बैठकपछि सञ्चारकमीसँग संक्षीप्त प्रतिक्रिया दिँदै थापाले भने । थापाले आजको छलफल साकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरू सहभागी थिए ।
ताजा अपडेट
-
कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियो
-
सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ : मुख्य सचेतक बर्तौला
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
प्रतिक्रिया