NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सन्दीपबारे आज सर्वोच्चमा सुनुवाइ, पाउलान् विदेश गएर खेल्ने अनुमति ?

काठमाडौं । किशोरीमाथि बलात्कार आरोप लागेका सन्दीप लामिछानेबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

उच्च अदालत, पाटनबाट सर्तसहित थुनामुक्त लामिछानेले विदेशमा गएर क्रिकेट खेल्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्च अदालतको एकल इजलासको आदेशअनुसार आज सुनुवाइ हुन लागेको हो ।

आइतबारको सुनुवाइ उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न गरेको आदेश ठीक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ । त्यसपछि मात्रै लामिछानेको मागको सम्बन्धमा बहस हुनेछ ।

सर्वोच्चले साधारण तारिखमा छाड्ने आदेश दिएमा लामिछाने विदेश गएर खेल्न पाउनेछन् ।