सडक दुर्घटनामा एक पत्रकारको मृत्यु
बुटवल । बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ । गएराति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उनी सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते ३७ वर्षीय हितङ्गाको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा निधन भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिए ।
लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत उनी पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत थिए ।
पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा उनी करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया