NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

फिल्म लगातार फ्लप भएपछि अक्षयले भने – यो मेरो दोष हो

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारका फिल्महरु बक्स अफिसमा फ्लप भइरहेका छन् । हालैको एक अन्तर्वार्तामा अक्षयलाई लगातार चारवटा फिल्म फ्लप भएकोबारेमा सोधिएको थियो ।

उक्त प्रश्नको जवाफमा उनले यस्तो पहिलो पटक नभएको बताए । उनको करियरमा एक समय यस्तो थियो जब उनका लगातार १६ फिल्म फ्लप भए । त्यसपछि फेरि एकपटक उनका लगातार आठ फिल्म फ्लप भए ।

उनले भने, ‘मेरा धेरै फिल्महरू बक्स अफिसमा चल्न सकेनन् । यसमा मेरो बाहेक कसैको दोष छैन । दर्शक बदलिदै गएकाले अब मानिसहरु फिल्ममा अर्कै कुरा हेर्न चाहन्छन् । त्यसैले हामी पनि परिवर्तन हुनु आवश्यक छ । मैले यसमा सक्दो प्रयास गरिरहेको छु ।’

उनले थप भने, जब तपाईंका फिल्महरू लगातार फ्लप हुन्छन्, यो तपाईंको लागि परिवर्तनको अलार्म हो। म आफूले सकेको गर्ने प्रयास गर्छु । त्यसेले फिल्म फ्लप हुनुमा श्रोताको नभएर मेरो दोष हो ।’

अक्षयको हालै रिलिज भएको फिल्म ‘सेल्फी’ ले बक्स अफिसमा खासै कमाई गर्न सकेन । यो फिल्म मलयालम फिल्म ‘ड्राइभिङ लाइसेन्स’ को हिन्दी रिमेक हो।