आठ दलको बैठकमा धमलापत्नी एलिजा पनि
काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लिएर एक ठाउँमा उभिएका आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
आगामी फागुन २५ मा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाएपछि पहिलो पटक नवनिर्मित गठबन्धनको बैठक बसेको हो ।
राष्ट्रपति निर्वाचनको रणनीतिलगायत विषयमा अहिले छलफल चलिरहेको बताइएको छ ।
बैठकमा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै माओवादीबाट शक्ति बस्नेत र देव गुरुङ सहभागी छन् । कांग्रेसबाट रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का पनि उक्त बैठकमा उपस्थित छन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र सो पार्टीमा भर्खरै प्रवेश गरेकी पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम पनि छलफलमा सहभागी छन् । एलिजा पहिलो पटक शीर्ष दलको बैठकमा सामेल भएकी हुन् ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया