आठ दलको बैठकमा धमलापत्नी एलिजा पनि
काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लिएर एक ठाउँमा उभिएका आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
आगामी फागुन २५ मा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाएपछि पहिलो पटक नवनिर्मित गठबन्धनको बैठक बसेको हो ।
राष्ट्रपति निर्वाचनको रणनीतिलगायत विषयमा अहिले छलफल चलिरहेको बताइएको छ ।
बैठकमा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै माओवादीबाट शक्ति बस्नेत र देव गुरुङ सहभागी छन् । कांग्रेसबाट रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का पनि उक्त बैठकमा उपस्थित छन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र सो पार्टीमा भर्खरै प्रवेश गरेकी पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम पनि छलफलमा सहभागी छन् । एलिजा पहिलो पटक शीर्ष दलको बैठकमा सामेल भएकी हुन् ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया