NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

प्रधानमन्त्रीको कतार भ्रमण स्थगित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कतार भ्रमण स्थगित भएको छ ।

कतारमा हुने अतिकम विकसित मुलुकहरू (एलडीसी) को पाँचौं सम्मेलनमा सहभागी हुन प्रचण्ड यही फागुन १९ मा कतार जाने कार्यक्रम थियो । तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछिको प्रचण्डको यो पहिलो विदेश भ्रमण हुन लागे पनि राष्ट्रपति निर्वाचनका कारण स्थगित भएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले कतार भ्रमण स्थगित हुन पुगेको जनाए । यसबारे परराष्ट्र मन्त्रालयको औपचारिक जानकारी आउन भने बाँकी छ ।

एलडिसीको अध्यक्षता प्राप्त गर्ने भएकाले परराष्ट्र मन्त्री विमला पौड्याल राई पनि जेनेभाबाट त्यसतर्फ जाने कार्यक्रम थियो । प्रधानमन्त्रीको निर्देशनमा उनको भ्रमण पनि अन्तिममा स्थगित भएको छ । पूर्वमन्त्री गोविन्द बन्दीलाई नेपाली टोलीको नेतृत्व गर्दै पठाइएको छ । राजनीतिमा देखिएको किचलोका कारण कूटनीतिमा पनि हस्तक्षेप गरिएको भन्दै प्रचण्डको यो शैलीमाथि आलोचना भइरहेको छ ।