६३ दिनमै एमाले सरकारबाट बाहिरियो, प्रचण्डलाई कांग्रेसको टेको
काठमाडौं । सत्तारूढ दल नेकपा एमाले सरकारमा सहभागी भएको ६३ दिनमा बाहिरिएको छ । सोमबार बिहान बसेको एमालेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ ।
एमाले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले टेको दिनुपर्ने अवस्था आएको छ । संविधान अनुसार प्रधानमन्त्रीले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
१० पुसमा एमालेसहित ७ दलको समर्थनमा पुष्पकलम दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए । प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा १६९ सांसदको समर्थन थियो । तर एमालेले समर्थन फिर्ता कांग्रेस, नेकपा एस र लोसपा लगायत ८ दलको समर्थन कायमै रहेकाले प्रचण्ड सरकारले बहुमत गुमाएको छैन ।
यसअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । प्रचण्डले पूर्वसहमति तोड्दै कांग्रेससँग समीकरण बनाएपछि सत्ता गठबन्धन भत्किएको हो । सत्ता साझेदार दले रास्वपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय लिने तयारी गरेको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया