धनुषामा थप एक थुनुवा फरार

धनुषा । धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै थप एक थुनुवा प्रहरी नियन्त्रणबाट फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेका एक थुनुवा प्रहरी भ्यानबाट हाम फालेर फरार भएका छन् । जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका–१३, किरतपुरका राजाबाबु मुखिया आइतबार साँझ ७ बजे फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जाननकारी दिए ।
नकपुरस्थित जिल्ला अदातलमा उपस्थित गराई इलाका प्रहरी कार्यालय सबैला ल्याउने क्रममा सहिदनगर नगरपालिका–३ स्थित यदुकुहाबाट हिँडिरहेको जिपबाट हाम फालेर मुखिया फरार भएको गौतमले बताए। फरार मुखियाको खोजतलास भइरहेको उनले जानकारी दिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया