NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

यस्तो छ आउँदो तीन आर्थिक वर्षको अनुमानित आर्थिक वृद्धिदर

काठमाडौं । राष्ट्रिय योजना आयोगअन्तर्गत राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन वर्षको राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन आर्थिक वर्षको राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरेको हो ।

खर्च सीमा र स्रोत अनुमान गर्दा आगामी तीन वर्षको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८०/८१ मा ६.०, आव २०८१/८२ मा ७.५ प्रतिशत र आव २०८२/८३ मा ८.० प्रतिशत रहने अनुमान गरेको छ ।

यसैगरी मुद्रास्फीति पहिलो वर्ष ६.५ प्रतिशत र दोस्रो र तेस्रो वर्ष ६.० प्रतिशतको सीमाभित्र रहने समितिको अनुमान छ ।

आगमी तीन वर्षको लागि प्रक्षेपित आर्थिक वृद्धिदरको लक्ष्य र विषय क्षेत्रबाट अपेक्षित उपलब्धि हासिल गर्न आवश्य पर्ने खर्च र सो का लागि उपलब्ध हुन सक्ने स्रोतको प्राराम्भिक अनुमान तयार गरिएको आयोगले जनाएको छ । अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल राष्ट्र बैंकबाट प्राप्त विवरणसमेत विश्लेशन गरी खर्च सीमा तथा स्रोत निर्धारण प्रक्षेपित आर्थिक वृद्धिदर, मुद्रास्फीति, ब्याजदर, विनिमयदर, राजश्व तथा वैदेशिक सहयाता र आन्तरिक ऋण परिचालनलाई आधार लिइएको आयोगको दाबी छ ।

आन्तरिक ऋणको सीमा कुल गाहर्स्थ उत्पादनको ३.७ प्रतिशत अनुमान गरेको छ ।