NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

एमबापे र बेन्जेमालाई पछि पार्दै मेसी बने उत्कृष्ट फिफा वर्ष खेलाडी

पेरिस । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी फिफा वर्ष खेलाडी घोषित भएका छन् । फ्रान्सेली फरवार्डद्वय केयलिन एमबापे र करिम बेन्जेमालाई पछाडि पार्दै मेसी बेस्ट फिफा अवार्डमा सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

मेसीले सन् २०२१–२०२२ मा आफ्नो देश र क्लबका लागि ४९ खेल खेलेका थिए जसमा उनले २७ गोल गरे । मेसी पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध छन् ।

मेसीले अवार्ड प्राप्त गर्दा खुसीको लागेको प्रतिक्रिया दिँदै आफ्ना साथीहरूको साथले यो सम्भव भएको जनाएका छन् ।