राष्ट्रपति चुनाव कार्यतालिका : उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज
काठमाडौं । राष्ट्रपति निर्वाचनका उम्मेदवारहरूले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् । उम्मेदवारी फिर्ताको समय सकिएपछि आजै अन्तिम नामावली प्रकाशन गरिँदैछ ।
निर्वाचन आयोगले मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म राष्ट्रपतिमा उम्मेदवारी दिएकाले फिर्ता लिन सक्ने जनाएको छ । उम्मेदवारी फिर्ताको समय सकिएपछि आजै अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ ।
निर्वाचन आयोगले यही २५ गतेका लागि तय गरेको राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादीलगायत आठ दल सम्मिलित गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका उम्मेदवार छन् । यी दुवैले उम्मेदवारी फर्ता लिने सम्भावना भने छैन ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया