ओलीलाई पत्र लेखेर देउवाले मागे राष्ट्रपतिका लागि भोट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई सहयोग गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
देउवाले ओलीलाई एक पत्र लेख्दै आफ्ना उम्मेदवारलाई मत दिन आग्रह गरेका हुन् ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राष्ट्रपति निर्वाचनका आफ्ना उम्मेदवारका लागि पार्टी सभापति देउवाले ओलीसँग मत मागेको जानकारी दिए । उनका अनुसार, मत माग्दै लेखिएको पत्र सोमबार नै ओलीलाई बुझाइएको छ ।
यही फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलसँगै एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
यसअघि ओलीले पनि कांग्रेसबाहेकका दललाई पत्र लेखेर यसैगरी मत मागेका थिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया