ओलीलाई पत्र लेखेर देउवाले मागे राष्ट्रपतिका लागि भोट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई सहयोग गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
देउवाले ओलीलाई एक पत्र लेख्दै आफ्ना उम्मेदवारलाई मत दिन आग्रह गरेका हुन् ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राष्ट्रपति निर्वाचनका आफ्ना उम्मेदवारका लागि पार्टी सभापति देउवाले ओलीसँग मत मागेको जानकारी दिए । उनका अनुसार, मत माग्दै लेखिएको पत्र सोमबार नै ओलीलाई बुझाइएको छ ।
यही फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलसँगै एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
यसअघि ओलीले पनि कांग्रेसबाहेकका दललाई पत्र लेखेर यसैगरी मत मागेका थिए ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया