दश शैयाकाे अस्पताल निर्माण अन्तिम चरणमा

जाजरकोट । शिवालय गाउँपालिकामा १० शैयाकाे अस्पताल निर्माण अन्तिमचरणमा पुगेको छ ।
गाउँपालिकाको प्रशासकीय केन्द्रभित्र नौ करोड ९२ लाखको लागतमा निर्माण गरिएको उक्त अस्पताल आर्थिक वर्ष २०७९/८० को असार मसान्तभित्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिए ।
गाउँपालिकाको केन्द्रमा पर्नेगरी वडा नं ३ मा निर्माण भइरहेको यो अस्पताल पूरा भएपछि सर्वसाधारणले सामान्य उपचार गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने गाउँपालिकाकी उपाध्यक्ष गीता शाहीले बताए । प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण जारी राखेको यस गाउँपालिकाले नौ वटा वडामै सडक सञ्जालले जोड्ने कामसमेत जारी राखेको छ ।
सबै वडामा सडकको पहुँच विस्तार भएसँगै अस्पताल आउन र जानसमेत सहज हुने विश्वास लिएको उपध्यक्ष उनले उल्लेख गरे । अहिले पालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेकाले वडामा रहेका स्वास्थ्य संस्थाबाट सिफारिस गरिएका बिरामीलाई बाहिर उपचारका लागि लैजान सहज भएको बताइएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया