गुजरातमा एक औषधि कारखाना विस्फोट हुँदा दुई जनाको मृत्यु
नयाँदिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा एक औषधि कारखानामा भएको विस्फोटनमा कम्तीमा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका जनाइएको छ ।
गुजरातको राजधानी गान्धीनगरबाट करिब तीन सय ९८ किलोमिटर दक्षिणमा पर्ने वल्साड जिल्लाको सारिगाममा अवस्थित गुजरात औद्योगिक विकास निगम (जीआईडीसी) मा राति विस्फोट भएको थियो ।
विस्फोटका कारण कारखानामा आगो लगी हुँदा भवनका केही भाग ध्वस्त भएको जनाइएको छ । घटनामा दुई जनाको मृत्यु हुनुको साथै र दुई जना घाइते भएको ती घाइतेलाई अस्पताल लगिएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया