राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू

काठमाडौं । यही फागुन २५ र चैत ३ का लागि तय राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिला लागू भएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि आचारसंहिता जारी भएको जनाएको छ । आयोगका अनुसार, आगामी चैत ५ गतेसम्म आचारसंहिता लागू हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि यही फागुन २८ गतेबाट समाप्त हुन लागेपछि राष्ट्रपतिको निर्वाचन हुन लागेको छ । भावी राष्ट्रपतिका लागि आठदलीय गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेतर्फबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया