भारतबाट घटेर आयो पेट्रोलको मूल्य
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । प्राप्त नयाँ मूल्यअनुसार भारतले ग्याँसबाहेक सबैको मूल्य घटाएर पठाएको छ । नयाँ मूल्यसूचीअनासर पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ २१ पैसा घटाएर पठाएको छ ।
निगमका अनुसार आईओसीले डिजेलको मूल्य ५ रूपैयाँ ५ पैसा घटाएर पठाएको छ । त्यस्तै मट्टीतेलमा तीन रुपैयाँ ४० पैसा र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसा घटाएर पठाएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको छ ।
आईओसीले नयाँ मूल्यसूची पठाएपनि निगमले मूल्य समयोजनबारे केही निर्णय गरेको छैन ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया