कोशी प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौं । प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार, फागुन १८ गते बिहीबार प्रदेशभर बिदा दिइएको त्यहाँको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
सार्वजनिक बिदा दिइएकाले प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू आज बन्द रहनेछन् ।
बुधबार बसेको प्रदेश १ को प्रदेशसभा बैठकले कोशी नाम राख्ने प्रस्ताव पारित गरेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया