NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार, फागुन १८ गते बिहीबार प्रदेशभर बिदा दिइएको त्यहाँको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

सार्वजनिक बिदा दिइएकाले प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू आज बन्द रहनेछन् ।

बुधबार बसेको प्रदेश १ को प्रदेशसभा बैठकले कोशी नाम राख्ने प्रस्ताव पारित गरेको थियो ।