सरकारी कर्मचारीको खाजा खाने समय घट्यो
काठमाडौं । सरकारी कर्मचारीले खाजाका लागि अब आधा घण्टा मात्रै समय पाउने भएका छन् । यो प्रयोजनका लागि एक घण्टा समय दिइँदै आएकोमा त्यसलाई घटाएर आधा घण्टामा झारिएको हो ।
यसअघिको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णय राजपत्रमा प्रकाशित हुन भने बाँकी छ । यसमा समेटिएपछि देशभरका सरकारी कार्यालयमा नयाँ नियम लागू हुनेछ ।
कर्मचारीको खाजा समयलाई लिएर यसअघि आलोचना हुँदै आएको थियो । यसैलाई मध्यनजर गरेर सरकारले यस्तो निर्णय लिएको हो ।
यो निर्णय कार्यान्वयनपछि सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया