राज्य आफ्ना नागरिकलाई विष नखाऊ पनि भन्न नसक्ने अवस्थामा छ : प्रवक्ता ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं महामन्त्री डा. मुकुल ढकालले राज्य आफ्ना नागरिकलाई विष नखाऊ पनि भन्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरेका छन् ।
आफ्नो खेत बाँझो राखेर ५० लाख नागरिकलाई विदेश पठाएको आरोप लगाउँदै उनले विदेशबाट आएको त्यहि पैसाले विष आयात गरेर खानुपर्ने कस्तो विडम्बनामा हामी फस्यौं भनि प्रश्न गरेका छन् ।
यस विषयमा रास्वपाले सबै प्रदेशमा छलफल गरेको र कम्तिमा पनि आफ्नो पार्टीमा जोडिएका व्यक्तिहरूलाई आत्मनिर्भर बन्ने प्रेरित गरेको बताए । तरकारी तथा फलफूलमा आत्मनिर्भर बन्न नसक्दासम्म मुलुक पूर्ण स्वतन्त्र बन्न नसक्ने उनको भनाइ छ ।
‘राज्यसत्ताको निरीहता यतिसम्म देखिन पुग्यो कि, राज्य आफ्ना नागरिकलाई विष नखाऊ पनि भन्न सकिरहेको छैन’, बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आफ्नो खेत बाँझो राखेर, ५० लाख नागरिकलाई विदेश पठाएर, विदेशबाट आएको त्यहि पैसाले विष आयात गरेर खानुपर्ने कस्तो विडम्बनामा हामी फँस्यौ ?’
भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेपछि ढकालले आफ्नो धारणा सार्वजनिक गरेको हो । तरकारीको मापदण्डसहितको प्रस्ताव करिब ५ महिनाअघि मन्त्रिपरिषद्मा पुगे पनि भारतसँगको सम्बन्ध बिग्रने डरका कारणा फाइल कृषि मन्त्रालयमा फर्काइएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया