कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्क प्रालिबीच सम्झौता
काठमाडाैं । कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्क प्रालिबीच ग्राहकहरूलाई बिवाडी ब्रान्डको विद्युतीय सवारी साधन खरिदका लागी कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बिवाडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ ।
यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि विवाडी डिलरबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट सजिलै ८०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन् साथै सो कर्जा ८ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको छ ।
आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया