राष्ट्रपति भण्डारी एमालेको मात्र भइन् : उपाध्यक्ष अर्याल
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको मात्र राष्ट्रपति बनेको आरोप लगाएकी छिन् ।
राष्ट्रिय सभा उपाध्यक्ष भएपछि पहिलो पटक सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रपति भण्डारीले अभिभावकीय भूमिका खेल्न नसकेको आरोप लगाइन् । नागरिकता विधेयक दुई–दुई पटक पठाउँदा पनि रोक्नु पीडादायक भएको उनले बताइन् ।
‘नागरिकता विधेयक नयाँ हिसाबले सोचेर, भनेर एकचोटी फर्काउनुभयो, ठीक छ । दोस्रो पटक आइसकेपछि उहाँ त संवैधानिक पदमा रहेको व्यक्ति हो नि । मैले यहाँ डिक्टेट गर्न मिल्छ त ?मिल्दैन नि’, राष्ट्रपतिमाथि उनले असन्तुष्टी पोखिन । राष्ट्रिय सभाको उपाध्यक्ष भएपछि आफूले पदीय जिम्मवारी बहन गर्दै सन्तुलित भूमिका निर्वाह गर्ने बताइन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया