NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कम उमेरमै महिनावारी किन बन्द गर्दैछन् महिला ?

एजेन्सी । महिनावारी हुनु एक प्राकृतिक प्रक्रिया हो । महिलाको प्रजनन प्रणाली सही तरीकाले चल्न पनि महिनावारी हुनु जरुरी छ । महिलाको महिनावारी अनियमितता हुँदा यसको असर सिधा स्वास्थ्यमा पदर्छ । महिनावारीको समय महिलाको शरीरमा धेरै परिवर्तन आउँछन् ।

यसमा कसैलाई पेट दुख्ने समस्या हुन्छ भने कतिलाई ढाड दुख्ने समस्याले सताउँछ । महिनावारीको यीनै पिडादायिक अवस्थाबाट बच्न अहिले धेरै महिला महिनावारी रोक्ने उपाय अपनाउँदै छन् ।

यो विधिलाई अग्रेजीमा ‘पिरियड् सप्रेशन’ भनिन्छ । यसमा महिलाले महिनावारी कम अथवा बन्द गर्ने गर्छन् । यसमा चक्कीको सहायताले महिनावारी बन्द गर्ने गरिन्छ भने कतियप अवस्थामा रक्तश्रावको बहाव कम गरिन्छ ।

यो चिकित्सकको परामर्शमा गरिन्छ । एसको लागि महिला कम्तिमा पनि एक चोटी महिनावारी हुनुपर्छ । महिनावारीबाट पीडीत जो कोही महिलाले पनि यो तरीका अपनाउँन सक्छन् । सामान्यतया, चिकित्सले धेरै रक्तस्राव समस्या भएकाहरूलाई मात्र यो सिफारिस गर्छन् । तर यसको लागि स्वास्थ्य हुन पनि आवश्यक छ ।

कुनै प्रकारको गम्भीर रोगको सिकार भएका महिलाले यो तरीका अपनाएर महिनावारी बन्द गर्न मिल्दैन् । महिनावारी छिट्टै रोक्नमा महिलाहरूले प्रयोग गर्ने गर्भनिरोधक चक्कीको पनि भूमिका हुन्छ । यो चक्कीले महिनावरी पूरै नरोकिएपनि यसले विस्तारै महिनावरी सुकाउँछ ।

त्यस्तै महिलाहरूले लामो समयसम्म महिनावारीबाट छुटकारा पाउनको लागि परिवार नियोजनको साधन तीन महिने सुइ लगाउने गर्छन् । यसले पनि महिनावरी बन्द नै नभएपनि धेरै लामो समयपछि हुने, ढिला हुने र छिट्टै सुक्ने हुन्छ ।