कम उमेरमै महिनावारी किन बन्द गर्दैछन् महिला ?
एजेन्सी । महिनावारी हुनु एक प्राकृतिक प्रक्रिया हो । महिलाको प्रजनन प्रणाली सही तरीकाले चल्न पनि महिनावारी हुनु जरुरी छ । महिलाको महिनावारी अनियमितता हुँदा यसको असर सिधा स्वास्थ्यमा पदर्छ । महिनावारीको समय महिलाको शरीरमा धेरै परिवर्तन आउँछन् ।
यसमा कसैलाई पेट दुख्ने समस्या हुन्छ भने कतिलाई ढाड दुख्ने समस्याले सताउँछ । महिनावारीको यीनै पिडादायिक अवस्थाबाट बच्न अहिले धेरै महिला महिनावारी रोक्ने उपाय अपनाउँदै छन् ।
यो विधिलाई अग्रेजीमा ‘पिरियड् सप्रेशन’ भनिन्छ । यसमा महिलाले महिनावारी कम अथवा बन्द गर्ने गर्छन् । यसमा चक्कीको सहायताले महिनावारी बन्द गर्ने गरिन्छ भने कतियप अवस्थामा रक्तश्रावको बहाव कम गरिन्छ ।
यो चिकित्सकको परामर्शमा गरिन्छ । एसको लागि महिला कम्तिमा पनि एक चोटी महिनावारी हुनुपर्छ । महिनावारीबाट पीडीत जो कोही महिलाले पनि यो तरीका अपनाउँन सक्छन् । सामान्यतया, चिकित्सले धेरै रक्तस्राव समस्या भएकाहरूलाई मात्र यो सिफारिस गर्छन् । तर यसको लागि स्वास्थ्य हुन पनि आवश्यक छ ।
कुनै प्रकारको गम्भीर रोगको सिकार भएका महिलाले यो तरीका अपनाएर महिनावारी बन्द गर्न मिल्दैन् । महिनावारी छिट्टै रोक्नमा महिलाहरूले प्रयोग गर्ने गर्भनिरोधक चक्कीको पनि भूमिका हुन्छ । यो चक्कीले महिनावरी पूरै नरोकिएपनि यसले विस्तारै महिनावरी सुकाउँछ ।
त्यस्तै महिलाहरूले लामो समयसम्म महिनावारीबाट छुटकारा पाउनको लागि परिवार नियोजनको साधन तीन महिने सुइ लगाउने गर्छन् । यसले पनि महिनावरी बन्द नै नभएपनि धेरै लामो समयपछि हुने, ढिला हुने र छिट्टै सुक्ने हुन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया