NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

आत्मघाती गोलको मद्दतमा बार्सिलोनाले रियललाई हरायो

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलअन्तर्गतको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ ।

गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल मड्रिडलाई १–० को गोलान्तरमा पराजित गरेको हो ।

घरेलु मैदानमा रियलका इडर मिलिटाओले खेलको २६ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । जुन बार्सिलोनालाई विजयी गराउन निर्णायक बन्यो ।

अब यी दुई समूहबीच आगामी अप्रिल ५ मा बार्सिलोनाको घरेलु मैदानमा दोस्रो लेग हुनेछ ।