टेस्ट म्याचको तेस्रो दिन- अस्ट्रेलियासामु मात्रै ७६ रनको लक्ष्य
काठमाडौं । बोर्डर गावस्कर सिरिजको तेस्रो टेस्ट इन्दौरमा खेलाइँदैछ। टेस्ट म्याचको आज तेस्रो दिन हो र भारतीय टोलीले मात्र ७५ रनको अग्रता लिएको छ, जुन अष्ट्रेलियाका लागि ठूलो चुनौती होइन ।
पहिलो इनिङ्समा १०९ रन बनाएर अलआउट भएको इन्डियाले दोस्रो इनिङ्समा १६३ रन मात्रै बनाउन सक्यो ।
यससँगै अष्ट्रेलियाले पहिलो इनिङ्समा पछि ब्याटिङ गर्दै १९७ रन बनाएको थियो ।
अब टेस्ट म्याचको तेस्रो दिन अर्थात आज अष्ट्रेलियाको टोलीले जितका लागि ७६ रन जोड्नुपर्नेछ ।
यदि भारतीय बलरहरूले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् भने अष्ट्रेलियाको टोलीले तेस्रो टेस्ट जितेर शृङ्खलामा आफ्नो खाता पनि खोल्न सक्छ।
बोर्डर–गावस्कर सिरिजमा भारतीय टोली २–० ले अगाडि छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया