NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

टेस्ट म्याचको तेस्रो दिन- अस्ट्रेलियासामु मात्रै ७६ रनको लक्ष्य

काठमाडौं । बोर्डर गावस्कर सिरिजको तेस्रो टेस्ट इन्दौरमा खेलाइँदैछ। टेस्ट म्याचको आज तेस्रो दिन हो र भारतीय टोलीले मात्र ७५ रनको अग्रता लिएको छ, जुन अष्ट्रेलियाका लागि ठूलो चुनौती होइन ।

पहिलो इनिङ्समा १०९ रन बनाएर अलआउट भएको इन्डियाले दोस्रो इनिङ्समा १६३ रन मात्रै बनाउन सक्यो ।

यससँगै अष्ट्रेलियाले पहिलो इनिङ्समा पछि ब्याटिङ गर्दै १९७ रन बनाएको थियो ।

अब टेस्ट म्याचको तेस्रो दिन अर्थात आज अष्ट्रेलियाको टोलीले जितका लागि ७६ रन जोड्नुपर्नेछ ।

यदि भारतीय बलरहरूले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् भने अष्ट्रेलियाको टोलीले तेस्रो टेस्ट जितेर शृङ्खलामा आफ्नो खाता पनि खोल्न सक्छ।

बोर्डर–गावस्कर सिरिजमा भारतीय टोली २–० ले अगाडि छ ।