NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सेबीको प्रतिबन्धबारे के भने अभिनेता अरशद वारसीले ?

काठमाडौं । भारतीय धितोपत्र तथा विनिमय बोर्ड (सेबी) ले अभिनेता अरशद वारसीमाथि प्रतिबन्ध लगाएको छ ।

बुधबार सेबीले सेयर पम्प एण्ड डप्प प्रकरणमा वारसीसँगै उनकी श्रीमतीमाथि पनि प्रतिबन्ध लगाएको हो ।

‘सेयर पम्प एण्ड डम्प’ भनेको सेयरको मूल्य बढाउने वा घटाउने उद्देश्यले गलत सूचना दिनु हो । अभिनेता वारसी दम्पतीमाथि यसैगरी सेयरबारे अफवाह फैलाएको आरोप छ ।

समाचार एजेन्सी पिटिआइका अनुसार सेबीले अभिनेता दम्पतीका अतिरिक्त ३१ कम्पनी र फर्मलाई पनि प्रतिबन्ध लगाएको छ । जसमा साधना ब्रोडकास्टसँग सम्बद्ध प्रवर्तकहरू पर्छन्।

लगानीकर्ताले सेयर किन्न सकून् भनेर यी व्यक्तिहरूले गलत सूचनासहितको भिडियो युट्युबमा अपलोड गरेको आरोप छ ।

वारसीले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । ट्वीट गर्दै उनले भने, ‘समाचारमा पढेका सबै कुरामा विश्वास नगर्नुहोस्। श्रीमती मारिया र मसँग सेयर बजारको शून्य बुझाइ छ। हामीले सल्लाह लिएर शारदामा लगानी गर्यौं । अरू धेरैजस्तै हामीले पनि हाम्रो मिहिनेतको पैसा गुमायौं।’