राष्ट्रपति चुनाव हार्नेको सांसद पद के हुन्छ ?
काठमाडौं । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्बाङबीच उक्त पदका लागि चुनावी भिडन्त हुने भएको हो ।
पूर्वसभामुखसमेत रहिसकेका पौडेल र नेम्बाङमध्ये निर्वाचित हुने एकजनाको निर्वाचन क्षेत्रमा सदस्य पद रिक्त हुनेछ । योसँगै चुनावमा पराजित हुनेको सांसद पद के हुन्छ भन्ने पनि आम चासोको विषय छ ।
पौडेल तनहुँ क्षेत्र नम्बर १ र नेम्बाङ क्ष्लाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
नेपालको संविधानको धारा ६२ को उपधारा (६) अनुसार निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ ।
निर्वाचित नभएको खण्डमा भने बहालवाला पद कायम नै रहनेछ । अर्थात निर्वाचनमा पराजित भएकाको हकमा उपनिर्वाचन गर्नुनपर्ने र उही पद कायम रहने संवैधानिक प्रावधान रहेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया