१५ अर्ब रूपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले जारी गर्न लागेको ट्रेजरी बिलको बोलकबोल भने पर्सि आइतबार हुने छ ।
राष्ट्र बैंकले २८ दिन, ९१ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिनको लागि २ अर्ब रूपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । जुन यो चैत २१ गते परिपक्व हुनेछ ।
९१ दिनको लागि ६ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । जुन २०८० जेठ २३ गते परिपक्व हुनेछ । त्यसैगरी ३६५ दिनका लागि ७ अर्बको ट्रेजरी बिल जारी हुँदै छ । जुन २०८० भदौ १९ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वर्ष वा सो भन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन सरकारले प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया