NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

यी हुन् मधुमेहका बिरामीले खानैपर्ने ४ खानेकुरा

एजेन्सी । पछिल्लो समय विश्वभर मधुमेहका बिरामी बढ्दै गएका छन् । विश्वमा मात्र नभइ मधुमेहका बिरामी नेपालमा पनि उल्लेख्य संख्यामा छन् । अस्वस्थकार जिवनशैली र खानपानले मधुमेह हुनेको संख्या बढ्दो छ । मधुमेहका बिरामीले खाने खानपान स्वस्थ नहुँदा यसले शरीरमा थप समस्या निम्याउँछ । कस्ता खानपान गर्ने त मधुमेहका बिरामीले ?

हरियो सागसब्जी

मधुमेहका बिरामीले हरियो सागसब्जी खाने गर्नुपर्छ । हरियो सागसब्जी पोषणले भरिपूर्ण हुन्छ साथै यसमा क्यालोरी कम हुन्छ । यस्ता पौष्टिक तरकारीलाई आहारमा समावेश गर्दा मधुमेहका बिरामीलाई फाइदा गर्छ ।

अण्डा

अण्डा मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ । अण्डाको सेवनले शरीरमा सूजन कम हुनुका साथै इन्सुलिनको संवेदनशीलतामा पनि सुधार गर्छ। एक अध्ययनअनुसार बिहानको खाजामा अण्डाको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । अण्डाले शरीरमा प्रोटिनको आवश्यकता सजिलै पूरा गर्न सक्छ ।

बदाम

एक अनुसन्धानका अनुसार बदामले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सक्छ । त्यसैले चिकित्सकहरूले आफ्नो आहारमा बदाम समावेश समावेश गर्न सुझाउने गरेका छन् । मधुमेहका बिरामीहरूमा गरिएको एक अध्ययनले बदाम खाँदा रगतमा चिनीको मात्रा कम हुने देखाएको छ ।

फलफूल
मेधुमेहका बिरामीले प्राय सबै मौसमी फलफुल खाने गर्नुपर्छ । फलफूलले रगतमा चिनीलाई नियन्त्रण गर्न मदे्त गर्छ । फलफुलमा प्रशस्त्र मात्रामा फाइबर पाइन्छ । जसल शरीरलाईसमेत उर्जाशिल राख्छ ।