NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

एजेन्सी । भुटेको होस् वा उसिनेको मकै कसलाई मन पर्दैन र ? कतिपयले यसको गुण जानेर खान्छन् त कोही नजानेर स्वादका लागि नै । तर यसको स्वादमात्र नभइ फाइदा पनि उत्तिकै छ ।

यसमा पाइने फाइबर र पोषक तत्व शरीरका लागि लभदायिक छ । १०० ग्राम मकैमा २.७० ग्राम फाइबार हुन्छ । फाइबर पाचनका लागि अत्यावश्यक हुने भएकाले मकै खानु स्वास्थ्यका लागि आवश्यक छ ।

मकै शरीरको उर्जाको स्रोत हो । यसले शरीरमा तत्काल उर्जा दिन्छ । मकै नियमित खाने व्यक्तिको मुटुमा समस्या हुदैन । यसले मुटुसम्बन्धी रोग र स्ट्रोकको जोखिम कम गर्छ । गर्भावस्थामा समेत यसको सेवन फलदायी छ , यसले गर्भवती महिलालाई पोषक तत्व उपलब्ध गराउनुका साथै गर्भमा रहेको शिशुको विकासमा पनि सुधार ल्याउँछ । यसले स्वस्थ रातो रक्त कोशिका बनाउन मद्त गर्छ ।

यसैगरी, मकैले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । मकैमा भिटामिन बी १ पाइन्छ । जसले मस्तिष्क, पेट तथा आन्द्रालाई फाइदा गर्छ । साथै मकैमा भिटामिन सी प्रशस्त्र मात्रामा पाइन्छ । शरीरमा भिटामिन सीको लागि मकै एक राम्रो स्रोत हो । खासगरी मकैलाई भुटेर भन्दा पनि उसिनेर खादाँ राम्रो मानिन्छ । यसको सेवनले शरीरको थकान हटाउँछ ।

मकैमा पोटासियम र म्याग्नेसियम पाइन्छ । जसले हाम्रो हड्डी र माशंपेशी बलियो बनाउछ भने थकानसमेत मेटाउँछ । वयस्कको लागि मात्र नभई मकैको सेवन बालबालिकाको लागि पनि उत्तिकै फाइदाजनक छ । यसले बालबालिकाको तौल बढाउन मद्त गर्छ । मकैको नियमित सेवनले बालबालिकालाई छाला तथा आँखासम्बन्धी समस्याबाट सेमत बचाउँछ ।