अमेरिका र रुसका विदेश मन्त्रीबीच भेटवार्ता
काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बीच करिब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ । रुस-युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेश मन्त्रीबीच पहिलो पटक आमनेसामने कुराकानी भएको बताइएको छ ।
भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी-२० देशका विदेशमन्त्रीहरूको बैठकमा उक्त संक्षिप्त भेटवार्ता भएको हो । करिब १० मिनेटसम्म चलेको वार्तामा सामान्य कुराकानी भएको बताइएको छ ।
‘लाभरोभले जी–२० को दोस्रो सत्रको बीचमा सङ्क्षिप्त भेट गरेका हुन् । यद्यपि, त्यहाँ कुनै वार्ता वा वास्तविक बैठक भएन,’ द टाइम्स अफ इन्डियाले एक रूसी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार वार्तालापको क्रममा ब्लिन्केनले रुसलाई विशेष सैन्य कारबाही अन्त्य गर्न र अर्थपूर्ण कूटनीतिमा संलग्न हुन, नयाँ रणनीतिक हतियार कटौती सन्धि कार्यान्वयनमा फर्कन र जेलमा बन्दी रहेका पूर्व अमेरिकी मरीन पल व्हेलनलाई रिहा गर्न आग्रह गरेको छ ।
तर रुसी पक्षले अमेरिकाको व्यवहार विश्वसनीय नभएको भन्दै अमेरिकी आग्रह स्वीकार्न अफ्ठेरो भएको बताएको तास समाचार एजेन्सीले जनाएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया