पशुपति मन्दिरभित्रको गोप्य फोटो खिच्ने को ?
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरभित्र फोटो खिच्न मनाही छ । यो जानकारीका लागि त्यहाँ सूचना बोर्ड त छँदै छन् । साथै त्यहाँ पहर दिएर बस्ने सुरक्षाकर्मीले पनि आगन्तुकलाई फोटो खिच्न दिँदैनन् ।
सुरक्षाकर्मीको आँखा छलेर मन्दिर परिसरभित्रका फोटो समाजिक सञ्जालमा छरपस्ट भएपछि यो विषयले गृह मन्त्रालय प्रवेश गरेको छ ।
पशुपति विकास कोषले मन्दिर प्रांगण तथा मूल गर्भगृह भित्रको तस्विर समाजिक सञ्जालमा अनपेक्षित रूपमा प्रचार प्रसार भइरहेको बताउँदै छानविन गरिदिन पत्राचार गरेको हो ।
कोषले पत्रसँगै पठाएको विवरणमा अर्जुन लामिछाने नामको फेसबुकबाट पशुपतिको भित्री फोटो पोष्ट भएको छ । जसमा लेखिएको छ, ‘११ किलो सुन हराएको करिब १ अरब बजेटको सुनको जलहरी यही रहेछ । यसपटक शिवरात्री पर्वले सार्वजनिक गरिदियो ।’
कोषले फोटो सार्वजनिक गर्ने अन्य फेसबुक प्रयोगकर्ताको पनि मिसिल तयार गरी गृहमा पत्राचार गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया