पशुपति मन्दिरभित्रको गोप्य फोटो खिच्ने को ?
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरभित्र फोटो खिच्न मनाही छ । यो जानकारीका लागि त्यहाँ सूचना बोर्ड त छँदै छन् । साथै त्यहाँ पहर दिएर बस्ने सुरक्षाकर्मीले पनि आगन्तुकलाई फोटो खिच्न दिँदैनन् ।
सुरक्षाकर्मीको आँखा छलेर मन्दिर परिसरभित्रका फोटो समाजिक सञ्जालमा छरपस्ट भएपछि यो विषयले गृह मन्त्रालय प्रवेश गरेको छ ।
पशुपति विकास कोषले मन्दिर प्रांगण तथा मूल गर्भगृह भित्रको तस्विर समाजिक सञ्जालमा अनपेक्षित रूपमा प्रचार प्रसार भइरहेको बताउँदै छानविन गरिदिन पत्राचार गरेको हो ।
कोषले पत्रसँगै पठाएको विवरणमा अर्जुन लामिछाने नामको फेसबुकबाट पशुपतिको भित्री फोटो पोष्ट भएको छ । जसमा लेखिएको छ, ‘११ किलो सुन हराएको करिब १ अरब बजेटको सुनको जलहरी यही रहेछ । यसपटक शिवरात्री पर्वले सार्वजनिक गरिदियो ।’
कोषले फोटो सार्वजनिक गर्ने अन्य फेसबुक प्रयोगकर्ताको पनि मिसिल तयार गरी गृहमा पत्राचार गरेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया