प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको रिट सर्वोच्चले दर्ता गरेकोमा माओवादी केन्द्रको आपत्ति
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतले दर्ता गरेकोमा आपत्ति जनाएको छ ।
आइतबार माओवादी केन्द्रका महासचिव देव गुरुङले एक विज्ञप्ति जारी गर्दै केहि वर्षअघि प्रचण्डका अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतले रिट दर्ता गर्न दिएको आदेशप्रति आपत्ति जनाएको हो ।
अधिवक्ता ज्ञानेन्द्र आरण र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डविरुद्ध दायर गरेको रिट निवेदन न्यायाधीश द्ववय ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त इजलासले शुक्रबार दर्ता गर्न आदेश दिएको थियो ।
‘प्रचण्डले संविधान प्रदक्त अधिकारलाई प्रयोग गरी अमुक सार्वजनिक कार्यक्रमहरूमा व्यक्त विचारलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या र तर्क गरी ती अभिव्यक्तिलाई कारबाहीको विषय बनाइनुपर्छ भनी कलुषित पूर्वाग्रही भावनाले ग्रसित भई दायर भएको रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिद्धान्त विपरीत र नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकूल भएको सम्बद्ध निकायहरूलाई अवगत गराउन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ।
०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा प्रचण्डले १७ हजार मान्छे मारेर आएको आरोपको खण्डन गर्दै युद्धको क्रममा मारिएका ५ हजार व्यक्तिको जिम्मा आफूले लिन अभिव्यक्ति दिएका थिए ।

ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया