NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन बुझाएका छन् ।

दाहालले शीतल निवास पुगेर राष्ट्रपति विभण्डारीसमक्ष आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

प्रधानमन्त्रीले सरकाले सो आर्थिक वर्षमा सम्पादन गरेका काम कारबाही समेटिएको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गरिएको हो । संवैधानिक व्यवस्थाअनुसार सरकारले सम्पादन गरेका काम कारबाहीको फेहरिस्त राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्नुपर्ने हुन्छ ।

सो अवसरमा मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलगायतको सहभागिता रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।