राष्ट्रपति भण्डारीको आवास व्यवस्थापन गर्नै बजेट अभाव ?
काठमाडौं । फागुन १८ गते संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले मन्त्रालयलाई पत्र लेख्दै राष्ट्रपति विद्यादेवी भण्डारीको आवास व्यवस्थापन गर्न बजेट अभाव भएको जानकारी गराएको छ ।
राष्ट्रपति भण्डारीले अवकाशपछि आफ्नै भवनमा बस्ने बताएकी छिन् । तर उनको निजी भवनमा सुरक्षा पोष्ट बनाउन र आवश्यक मर्मतका लागि करिब २७ लाख खर्च हुने सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषदले भण्डारीको आवास व्यवस्था गर्न माघ १० गते नै संघीय सचिवालयलाई निर्देशन दिएको थियो ।
तर म्याद गुज्रिँदै गएपछि सचिवालयले आवास व्यवस्थापनमा बजेट अभाव रहेको देखाउँदै शहरी विकास मन्त्रालयलाई फागुन १८ गते पत्र लेखेको हो ।
सचिवालयले पूर्वराष्ट्रपतिको आवास व्यवस्थापनका लागि करिब २७ लाख बजेट व्यवस्थापन गर्न आग्रह गरेको छ । र उक्त रकम खर्च गर्दा सार्वजनिक खरिद ऐनको व्यवस्था पालना गर्न नपर्ने व्यवस्था गरिदिन समेत आग्रह गरेको छ ।
खरिद ऐनअनुसार जाँदा आवास व्यवस्थापन गर्न नभ्याउने भन्दै सचिवालयले यस्तो आग्रह गरेको हो ।
ताजा अपडेट
-
सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन


प्रतिक्रिया