बराबरीमा रोकिए रियल र बेटिस
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र रियल बेटिस बराबरीमा रोकिएका छन् ।
गएराति सम्पन्न खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् ।
खेल दौरान रियलले पटकपटक गोलको अवसर सिर्जना गरेको थियो । तर उसले त्यसको उपयोग गर्न चुक्यो ।
खेलको १२ औं मिनेटमा करिम बेन्जिमा गोल गरेका थिए तर भिएआरले त्यसलाई मान्यता दिएन ।
योसँगै रियल २४ खेलमा ५३ अंक जोडेर दोस्रो स्थानमा छ भने
बेटिस ४१ अंकका साथ पाँचौं स्थानमा छ ।
गएराति नै एथ्लेटिक बिल्बाओ र रायोभालेकानोबीच पनि अर्को खेल भयो । यो पनि गोलरहित बराबरीमा सकियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया